Radio Saligram

Playing:
1 2 3
Radio Saligram

मुलुकलाई समृद्ध बनाउनका लागि शिक्षा, संचार, कृषि, स्वास्थ्य, पर्यटन र सामाजिक विकास सम्बन्धी सुचनाको पहुँच आम नेपाली नागरिकहरुमा पुग्नु अत्यन्त जरुरी हुन्छ । मानिसका हरेक अन्तक्र्रिया र अन्तर सम्बन्धहरुलाई समयानुकुल परिवर्तनमुखी बनाउनका लागि एवं समग्र सामाजिक वातावरणलाई समुन्नतिमा पुर्याउन शिक्षा, संचार र सुचनाको उचित प्रयोगले मात्र सघाउन सक्दछ । शिक्षा, संचार र सुचनाको क्षेत्रमा जति राम्रो सुधार हुन सक्यो उति नै मानव हित सम्बन्धी नयाँ र नौला कुराहरु सृजना गर्ने सम्भावनाहरु बढ्दछन । समाजमा व्याप्त गरिबी, भोक, अज्ञानता, बेरोजगारी, अन्धविश्वास, कुरीती, रुढीवादी आदि जस्ता समस्याहरुको समाधानमा समेत शिक्षा, संचार, सुचना र कृषिको क्षेत्रमा संग्लन व्यक्ति वा संस्थाहरुबीच सहयोग सद्भावना र सौहार्दताको सम्वंद्र्धन गर्र्दै देशमा भइरहेका विभिन्न समाज विकासका कार्यहरुलाई समन्वयात्मक तरिकाले आवश्यक सहयोग पुर्याउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

🎶🎶🎶 👍