Jagaran Fm

Playing:
1 2 3
Jagaran Fm

जागरण बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतद्वारा सञ्चालित जागरण एफ.एम.ले सुर्खेत जिल्लासहित प्रस्तावित ६ नम्वर प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान जिल्ला, प्रस्तावित ५ नम्वर प्रदेशका बाँके, बर्दिया र दाङ्ग तथा प्रस्तावित ७ नम्वर प्रदेशका कैलाली र अछाम जिल्लालगायतका जिल्लासम्म आफ्नो प्रसारण क्षमता अहिले एफ.एम. व्याण्डमा ९०.८ मेगाहर्जमार्फत् नै पु¥याइरहेको छ । पछिल्लो समय बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतका रेडियोहरुमध्ये सवैभन्दा पहिला (वि.सं.२०६९) देखि वेवसाइट www.jagaranfm.org, मोवाइल एप्लिकेशन (गुगल प्ले स्टोरमा गएर Jagaran FM डाउनलोड गर्न सकिने) , फेसबुक www.facebook.com/fmjagaran र ट्वीटर @fmjagaran बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ । विशेषगरी, गीतसंगीत वा मनोरञ्जन मात्र नभई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, बातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, शुसासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको संस्था जागरण एफ.एम. हो । त्यसकारण सार्वजनिक हितका पक्षमा काम लाग्ने र जागरुक गराउने सत्य र तथ्यमा आधारित सूचना प्रवाहमा नियमित योगदान दिन जागरण एफ.एम. प्रयत्नरत छ । - See more at: http://www.jagaranfm.org/about-us.php#sthash.9F3df8MI.dpuf

🎶🎶🎶 👍